परिचय

सिभिल इन्जिनियरिङ् तथा विकास विभाग व्यापक रूपमा पोर्ट तथा समुद्री सेवाहरूका लागि जिम्मेवार छ ।

समुद्री कार्य निर्माण

हामी विभिन्न प्रकारका समुद्री कार्यहरू डिजाइन र निर्माण गर्छौं, जसमा सार्वजनिक पियरहरू, वाटरफ्रन्ट प्रोमेनेडहरू, तटीय संवर्द्धन कार्यहरू,अवस्थित पियरहरूमा सुधार र अवतरण सुविधाहरू तथा पियर सुधार कार्यक्रम अन्तर्गत परियोजनाहरू समावेश छन् ।

जलवायु परिवर्तन र तटीय संरचनाहरूमा यसको प्रभाव

हामी पूर्वाधारमा जलवायु परिवर्तन कार्य समूहको नेतृत्व गर्छौं र पूर्वाधारहरू सुदृढ गर्न र उनीहरुमा जलवायुले ल्याउने परिवर्तनसँग तयार रहने क्षमता बढाउनका लागि जलवायु परिवर्तनसँग अनुकूलन गर्ने कार्य विभागहरूको प्रयासलाई समन्वय गर्छौं । हामी जलवायु परिवर्तन सम्बन्धी विभिन्न अध्ययनहरू पनि संचालन गर्छौं, डिजाइन म्यानुअलहरू अपडेट गर्छौं, र तटीय तल्लो-तह र हावा आउने स्थानहरूमा जलवायु अनुकूलन उपायहरू तयार गर्न प्रगतिशील अनुकूल दृष्टिकोण अपनाउछौं ।

सल्लाहकार सेवा

हामी सामुद्रिक कार्यहरू समावेश हुन सक्ने परियोजनाहरूमा सल्लाहकार सेवा प्रदान गर्दछौं जसमा सरकारी परियोजनाहरू र निजी विकासहरूमा भूमि प्रयोग सम्बन्धी प्रस्तावहरूमा टिप्पणीहरू साथै पेश गरिएको प्रस्तावहरू जाँच गर्ने समावेश छन् ।

मर्मत सम्भार

हामी 110 बीकनहरू, 130 किलोमिटर भन्दा बढी समुद्री पर्खालहरू र पानीको छालहरू रोक्ने तटीय संरचनाहरू, र 320 भन्दा बढी पियरहरू र ल्यान्डिङ सुविधाहरू (सार्वजनिक पियरहरू, साथै फ्रान्चाइज्ड र दर्ता प्राप्त फेरी पियरहरू सहित) आदि कायम गर्दछौ । हामीले नेभिगेसन सुरक्षा सुनिश्चित गर्न फेयरवे (जलमार्गहरु), एन्कोरेज (बन्दरगाहहरु) क्षेत्रहरू, टाइफुन शेल्टरहरू र प्रमुख नदीको निकासहरू नियमित मर्मतसम्भार ड्रेजिङ पनि गर्छौं ।

हाम्रा 4 प्रमुख सेवा क्षेत्रहरू: